नियम ३५
तोकिएको बाटोबाट मात्र पदयात्रा गर्नु पर्ने
नियम ३३ बमोजिम जारी गरिएको अनुमतिपत्रमा तोकिएको बाटोबाट बाहेक अन्य बाटोबाट पदयात्रा गर्न वा निषेधित क्षेत्रमा जानु हुँदैन । पदयात्रा गराउने एजेन्सीले पनि विदेशीलाई अनुमति पत्रमा तोकिएको बाटो बाहेक अन्य बाटोबाट पदयात्रा गराउनु वा निषेधित क्षेत्रमा लानु हुँदैन ।